नियम १६क
विद्युतीय सेवाको आपूर्तिको स्थान
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि- देहायका अवस्था मध्ये कुनै एक अवस्था पूरा भएमा गैरबासिन्दा व्यक्तिले उपभोक्तालाई उपलव्ध; गराएको विद्युतीय सेवाको आपूर्तिको स्थान नेपाल मानिनेछ:-
(क) नेपालभित्र सेवा प्राप्त गरेमा,
(ख) नेपालको ठेगानामा बीजक जारी गरेमा,
(ग) नेपालको बैङ्कमा भएको बैङ्क खाता र रकम भुक्तानीका लागि अनुमति प्राप्त संस्था तथा निकायबाट रकम भुक्तानी भएमा,
(घ) नेपालको बैङ्क तथा अनुमति प्राप्त भुक्तानी प्रदायक संस्था तथा निकायबाट जारी भएको डेविट कार्ड, क्रेडिट कार्ड वा अन्य यस्तै कार्ड मार्फत भुक्तानी भएमा,
(ङ) नेपालभित्र भएको इन्टरनेट पहिचान ठेगाना (इन्टरनेट प्रोटोकल एद्भेस) प्रयोग गरी सेवा प्राप्त गरेमा,
(च) नेपालको कोड भएको सिम कार्ड वा ल्याण्डलाईन ... प्रयोग गरी सेवा प्राप्त गरेमा ।